महेन्द्रनगर/१७ साउन – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेका एक विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्की शनिबार छतबाट हाम फाल्दा मृत्यु भएको हो ।
उनी सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिन गएका थिए ।
विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीको भनाइ छ ।
’कार्कीलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो,’ प्रहरी उपरीक्षक गिरीले भने, ’थप उपचारका लागि धनगढी रेफर गरेको र त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



