डिन पदका लागि आवेदन माग

हेटौंडा/७ साउन – केन्द्रीय कार्यालय मकवानपुरको हेटौंडामा रहेको बागमती विश्वविद्यालयको डिन पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ ।


व्यवस्थापन विधामा योग्यता पुगेका उम्मेदवारहरूले साउन २१ गतेभित्र बागमती विश्वविद्यालय केन्द्रीय कार्यालय, हेटौँडामा आवश्यक कागजातसहित निवेदन पेस गर्न सकिने जनाएको छ ।


साथै भौतिक रूपमा कार्यालयमा उपस्थित हुन नसके [email protected] मा आवश्यक कागजात सहित निवेदन पेस गर्न सकिने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।


प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधन सहित, बागमती विश्वविद्यालयको विधान, २०५१ र बागमती विश्वविद्यालयको डिन सिफारिस सम्बन्धी मापदण्ड, २०८१ बागमती विश्वविद्यालयको वेबसाइट bagmatiuniversity.edu.np मा हेर्न/डाउनलोड गर्न सकिनेछ ।


उम्मेदवारले पेस गर्नुपर्ने कार्य योजना सहितको निवेदन र आवश्यक कागजातहरू
१. निवेदन,
२. व्यक्तिगत विवरण
३. आफ्नो अवधारणासहितको सम्बन्धित पदको व्यावसायिक कार्य योजना (बढीमा ३००० शब्दसम्म),
४. निवेदन साथ पेश गर्नुपर्ने थप कागजात र सर्तहरू :
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
ख. ५६ वर्ष उमेर ननाघेको (उमेर खुलेको प्रमाणपत्र ),
ग. मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
घ. मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सोभन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि,
ङ. तोकिए बमोजिम स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पुस्तक तथा सामग्रीहरू, प्रकाशित पुस्तकहरूको सक्कल प्रति र प्रकाशित लेखरचना (प्रकाशित जर्नलको पहिचान प्रष्ट खुल्नेगरी) प्रमाणित प्रतिलिपि,
च. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट सञ्चालित अनुसन्धान परियोजनाको नेतृत्व (PI, Co–PI O Member) तथा कोष वृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य सम्बन्धी भए गरेका अनुभवका कागजात,
छ. उच्च शिक्षा प्रदायक संस्थामा काम गर्दा वा नेतृत्व तहमा वा व्यवस्थापन तहमा गरेको कार्य अनुभव र उपलब्धि स्पष्ट खुल्ने प्रमाणित विवरण, आफूले शैक्षिक, प्राज्ञिक क्षेत्रमा योगदान गरेको अन्य थप कुनै प्रमाण भएमा प्रमाणित विवरण,
ज. माध्यमिक तहदेखि विद्यावारिधि सम्मका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि,
झ. वैदेशिक विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय वा विश्वविद्यालय अनुदान आयोगबाट समकक्षता प्राप्त भएको हुनुपर्नेछ,
ञ. विश्वविद्यालय अन्तर्गतका शिक्षण संस्थामा शिक्षण गरेको अनुभवको प्रमाणित कागजात । विश्वविद्यालयको प्राध्यापक वा सहप्राध्यापक वा उपप्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको अनुभव प्रमाणित गर्ने कागजात,
ट. विश्वविद्यालयका सम्बन्धित सङ्कायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा लगानी नभएको÷नगरेको स्वघोषणा,
ठ. कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको स्वःघोषणा (कुनै कानूनले अयोग्य नठहरिएको),
ड. कुनै राजनैतिक दलको सदस्य नरहेको र पदमा रहँदासम्म राजनैतिक दलसँग आबद्ध नहुने स्वःघोषणा,
ढ. विदेशी स्थायी आवासीय अनुमतिपत्र नलिएको र कुनै कानूनले अयोग्य नरहेको स्वःघोषणा ।