बुटवल/९ पुष -अत्यधिक चिसो बढेसँगै बुटवलका विद्यालय ३ दिन बन्द हुने भएका छन् । केही दिनदेखी बाक्लो हुस्सु र शीतलहरले पठनपाठनमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीको स्वास्थ्यलाई मध्य नजर गर्दैै वार्षिक विदाबाट कट्टी हुनेगरी पुष ११, १३ र १४ गते उपमहानगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।



