काठमाडौँ /१५ मंसिर – बुटवल कालिका क्याम्पस अन्तर्गत रहेको आइटी अध्ययनरत विद्यार्थीहरूको नेक्सटजेन इनोभेसन क्लबले २४ घण्टे ह्याकाथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुने विद्याथीहरूले बिजिनेसमा देखिने विभिन्न समस्याको समाधान कोडिङ मार्फत कसरी गर्न सकिन्छ भन्ने मुख्य थिममा प्रतिस्पर्धा गर्नुपर्ने छ ।
प्रतियोगिता २० गते बिहान १० बजेदेखी २१ गते बिहान १० बजेसम्म सञ्चालन हुनेछ । साथै २४ घण्टा भित्र उत्कृष्ट प्रोग्राम डिजाइनर वा इनोभेटर विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।
प्रविधिमा सर्जनशीलता तथा समस्याको समाधान खोज्न, नयाँ–नयाँ आइडिया निर्माण गर्न ,छोटो समयमा सीप सिक्न र परीक्षण गर्न, सम्पर्क विस्तार गर्न तथा वास्तविक जीवनका समस्याको समाधान खोज्न विद्यार्थीलाई सहज होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको कलेजले जनाइएको छ ।



