काठमाडौं /१३ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ नतिजाअनुसार ६१.८१ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।
जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले प्रप्त गरेका छन् भने ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए ल्याएका छन् । यसैगरी ८ जना २ जीपीएभन्दा कम ल्याउनुका साथै १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।




