आन्दोलनरत शिक्षकहरूलाई पुन वार्तामा आउन मन्त्रालयको आग्रह

काठमाडौं/२६ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुन वर्तामा बोलाएको छ । २७ गते वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी वार्तामा आउन पुन बोलाएको हो ।


मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा साझा धारणा निर्माण गर्न चैत २१ र २२ गते छलफल र परामर्शका लागि मन्त्रालयले आह्वान गरेपनि शिक्षकहरू वार्तामा नजादा मन्त्रालयसँग औपचारिक रूपमा छलफल तथा परामर्श हुन नसकेको उल्लेख गरेको छ ।


‘मन्त्रालयमा भोलि मिति २०८१/१२/२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासङ्घलाई पुनः आमन्त्रण गरिन्छ । साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।