डीन पदका लागि आवेदन माग

सुर्खेत/९ माघ – मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको छ । ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्य्राजुएट स्कुल अफ ल मा डीन पदहरूका लागि आवेदन माग गरेको हो ।


योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले माघ १८ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सुर्खेतमा भौतिक रूपमा आवेदन दर्ता गर्न वा मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट लिङ्क mu.edu.np/deanselectionguideline छनोट सम्बन्धी मापदण्ड प्राप्त गरी mu.edu.np/deanapplication मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सकिने छ ।


साथै न्यूनतम मापदण्डमा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा पिएचडी उपाधि सहित कम्तीमा १० वर्ष सेवा पुगेका सह–प्राध्यापक हुनुपर्नेछ ।