काठमाडौँ /२९ पुस – राष्ट्रिय परीक्षा बोर्ड शोधपत्र लेखनका लागि अनुदान प्रस्ताव आह्वान गरेको छ । बोर्डको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार स्नातकोत्तर, एम. फिल. र विद्यावारिधि तहका विद्यार्थीहरूलाई शोधपत्र लेखनका लागि अनुदान प्रस्ताव आह्वान गरेको हो ।
अनुदान रकमका लागि इच्छुक विद्यार्थी÷शोधार्थीबाट प्रस्ताव आह्वान गरिएकोले सो सम्बन्धमा २०८१ फागुन २९ गतेभित्र प्रस्ताव सहितको निवेदन पेस गर्न सकिने बोर्डले जनाएको छ ।
स्नातकोत्तर तहका लागि ७५ हजार, एम.फिल.तहका लागि १ लाख र विद्यावारिधि तहको शोधपत्रका लागि १ लाख २५ हजार ,अनुदान दिने बोर्डले जनाएको छ । यस सम्बन्धी विस्तृत विवरण धधध।लभद।नयख।लउ बाट प्राप्त गर्न सकिनेछ ।



