ईप्सन भक्तपुरको पाँचौँ अधिवेशन सम्पन्न

भक्तपुर/२१ पुस – एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल ( ईप्सन भक्तपुर) को पाँचौँ अधिवेशन सम्पन्न भएको छ । ११ वटा विद्यालयहरू सदस्य रहेको शैक्षिक क्लस्टरको अधिवेशन मार्फत क्वालिटी अङ्ग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएका हुन् ।


यसैगरी सूर्योदय सेकेण्डरी स्कुलमा प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात विद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा सचिव, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा कोषाध्यक्ष र ग्लोवल एकेडेमीका प्रिन्सिपल के.वी. ङाखुसी सहसचिवमा चयन भएका छन् । त्यसैगरी मदरल्याण्ड ईङ्लिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्लिस स्कुलका प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्लिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट, विमल मेमोरियल विद्यापीठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्लिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सूर्य घिसिङ्ग सदस्यमा चयन भएका छन् ।


ईप्सन भित्रका सबै विद्यालयमा एउटै पाठ्यक्रम तथा पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा सञ्चालन, शिक्षक सशक्तीकरण कार्यक्रमहरू, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप कार्यक्रम आदि सञ्चालन गर्दै आएको छ ।


यस अधिवेशन मार्फत संस्थालाई सदस्य विद्यालयहरूको स्रोत केन्द्रका रूपमा अगाडी बढाउने, शिक्षक सशक्तीकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष सञ्चालनलाई भावी योजनाका रूपमा अगाडी बढाउने योजना सहित अधिवेशन सम्पन्न भएको अध्यक्ष जिबि खड्काले जानकारी दिए ।