डीन पदका लागि आवेदन माग

काठमाडौं/१४ मंसिर – सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका डीन पदका लागि आवेदन माग गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, कानून संकाय र प्राकृतिक स्रोत व्यवस्थापन संकायको डीन पदका लागि आवेदन माग गरेको हो ।


सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २६, सङ्गठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद – २६ को नियम १५३ र सुदूरपश्चिम विश्वविद्यालय पदाधिकारी छनोटका आधार, मापदण्ड र सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ४ को दफा (७) बमोजिम सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका डीन पदमा आवेदनका लागि सूचना जारी गरिएको छ ।


डीन पदका लागि योग्य उम्मेदवारहरूले मंसिर २८ गतेभित्र कार्यविधिमा उल्लिखित आवश्यक कागजातहरू र आशय पत्र सुदूरपश्चिम विश्वविद्यालय सामान्य प्रशासन महाशाखामा पेस गर्नुपर्ने छ ।