अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने भन्दै ठग्ने गिरोह सक्रिय

काठमाडौं/१२ मंसिर – नेपाल फार्मेसी परिषद्ले अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने नभए पैसा फिर्ता हुने भनेर आर्थिक लाभ लिने गिरोहबाट सचेत हुन आग्रह गरेको छ । परिषद् द्वारा सञ्चालन हुने नाम दर्ता परीक्षामा शतप्रतिशत पास गराउने भन्दै आर्थिक लाभ लिने गिरोह सक्रिय रहेकोले सचेत हुन आग्रह गरेको हो ।


एडुमार्क नामक मेसेन्जर ग्रुप र त्यसका संचालक डब्बल बहादुर बोहराले विद्यार्थीहरूलाई भ्रमीत गर्ने गरेको तथ्य परिषद्लाई जानकारी हुन् आएकोले यस्ता खालका प्रलोभनमा नपर्न परिषद्ले सूचना जारी गरेको छ ।


‘नेपाल फार्मेसी परिषद् द्वारा सञ्चालन हुने नाम दर्ता परीक्षामा आफूले चलाएको अनलाइन कक्षा मा पढे १००% पास हुने नभए पैसा फिर्ता हुने भनेर एडुमार्क नामक मेसेन्जर ग्रुपका संचालक डब्बल बहादुर बोहराले विद्यार्थीहरूलाई भ्रमीत गर्ने गरेको तथ्य परिषद्लाई जानकारी हुन् आएकोले यस्ता खाले अनलाइन कक्षा र पास हुने प्रलोभनमा नपर्न सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । साथै यस्ता किसिमको प्रलोभन जहाँ जो सुकै बाट पाउँदा तत्काल प्रहरीमा जानकारी गराउन अनुरोध छ’ सूचनामा भनिएको छ ।