काठमाडौं/११ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिने आवेदकहरूको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले दरखास्त स्वीकृत भएका आवेदकहरूको नामावली सार्वजनिक गरेको हो ।
सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पोखरा विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका कार्तिक २५ गते दरखास्त आह्वान गरेको थियो । उपकुलपति पदका लागि १२ जना आवेदकहरूको आवेदन स्वीकृत गरिएको छ ।



