एसईई दिने विद्यार्थीलाई केन्द्रको निःशुल्क अनलाइन कक्षा

काठमाडौं/५ मंसिर – एसईईमा सामेल हुने विद्यार्थीहरुलाई लक्षित गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनलाईनबाटै तयारी गर्न सकिने व्यवस्था गरेको छ । अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडियो पाठहरु पढ्न सकिने व्यवस्था गरेको हो ।


आफ्नो यूट्युब च्यानल www.youtube.com/nced virtual मा पाठहरु राखिएको हुँदा आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरु निःशुल्क डाउनलोड गरी आफ्नो ल्यापटप तथा एण्ड्रोइड मोबाइलमा हेर्न र सुन्न सकिने सुविधा रहेको केन्द्रले जनाउको छ ।


साथै सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरु, सबै विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षकहरुलाई निःशुल्क प्राप्त हुने उक्त भिडियो पाठहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी तथा सहजीकरण गरीदिन आग्रह गरेको छ ।