काठमाडौं/२५ कार्तिक – शिक्षक सेवा आयोगले शिक्षक वढुवाको आन्तरिक प्रतियोगितात्मक परीक्षामा हाल कार्यरत जिल्ला र प्रतिस्पर्धा गर्ने जिल्ला एउटै भएमा मात्र परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । २५ प्रतिशत शिक्षक वढुवाको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि आयोगको कार्तिक २५ गतेको निर्णय अनुसार सो जानकारी गराएको हो ।
दरखास्त दिने उम्मेदवारको दुई वा सो भन्दा बढी जिल्लामा अस्थायी वा पदस्थापन भई कार्यरत रही पछिल्लो समय अन्य जिल्लामा सरुवा भएको भए त्यस्ता उम्मेदवारको प्रवेशपत्रमा कार्यरत जिल्ला अस्थायी वा सरुवा हुनुपूर्व कै जिल्ला उल्लेख भई आएको भएता पनि हाल कार्यरत जिल्ला र प्रतिस्पर्धा गर्ने जिल्ला एउटै भएमा मात्र परीक्षामा सहभागी हुन सक्ने गरी निर्णय गरीएको शाखा अधिकृत खमेन्द्रराज जोशीले जानकारी दिएका छन् ।
आयोगको सूचनामा भनिएको छ शिक्षक सेवा आयोगबाट मिति २०८१/०४ /३२ गते प्रकाशित आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने ( २५ प्रतिशत) शिक्षक वढुवा परीक्षाको विज्ञापन –२०८१ को परीक्षामा सहभागी हुन दरखास्त दिने उम्मेदवारको दुई वा सो भन्दा बढी जिल्लामा अस्थायी वा पदस्थापन भई कार्यरत रही पछिल्लो समय अन्य जिल्लामा सरुवा भएको भए त्यस्ता उम्मेदवारको प्रवेशपत्रमा कार्यरत जिल्ला अस्थायी वा सरुवा हुनुपूर्व कै जिल्ला उल्लेख भई आएको भएता पनि हाल कार्यरत जिल्ला र प्रतिस्पर्धा गर्ने जिल्ला एउटै भएमा मात्र परीक्षामा सहभागी हुन सक्ने गरी आयोगको २०८१÷०७÷२५ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसै सूचनालाई आधार मानी सम्बन्धित परीक्षा केन्द्रले समेत परीक्षामा सहभागी गराउनु हुन समेत अनुरोध छ ।



