काठमाडौं/८ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षक बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. शैक्षणिक सुपरिवेक्षण भनेको के हो ? यसको अवधारणा, प्रक्रिया, प्रकार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सुपरिवेक्षणको योगदानका बारेमा लेख्नुहोस् ।
२. शिक्षकको पेसागत दक्षता अभिवृद्धिका लागि शैक्षणिक सुपरिवेक्षणको भूमिका के रहेको हुन्छ ? शैक्षणिक सुपरिवेक्षणमा प्रधानाध्यापक र स्थानीय सरकारको भूमिका व्याख्या गर्दै उदाहरणसहित स्पष्ट गर्नुहोस् ।
३. शिक्षकको आचारसंहिता भनेको के हो ? पेसागत नैतिक मूल्य, मान्यता र शिक्षकको उत्तरदायित्वको महत्वलाई उदाहरणसहित विश्लेषण गर्नुहोस् ।
४. विद्यालय नेतृत्व विकासको अवधारणा, प्रकार र सिद्धान्तहरू के के रहेका छन् ? विद्यालय नेतृत्व छनौट गर्नुपर्ने आधारहरू स्पष्ट पार्दै नेपालको शैक्षिक प्रणालीमा यसको महत्वको विश्लेषण गर्नुहोस् ।



