काठमाडौं/७ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. विशेष आवश्यकता शिक्षा सम्बन्धी धारणा स्पष्ट पार्नुहोस् । विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा आउने चुनौतीहरूको समाधानका लागि शिक्षकको भूमिकाको महत्व व्याख्या गर्नुहोस् ।
२. अनौपचारिक तथा बैकल्पिक शिक्षा भनेको के हो ? औपचारिक शिक्षाका विशेषताहरूको चर्चा गर्नुहोस् । नेपालमा यसको प्रभावकारिता र यसले शैक्षिक प्रणालीलाई कसरी पूरक बनाउँछ बुँदागत रुपमा लेख्नुहोस् ।
३. मानव मूल्यमा आधारित शिक्षा किन आवश्यक हुन्छ ? शिक्षामा मानव मूल्यको समावेशीकरणले विद्यार्थीको व्यक्तित्व विकास र समाजमा सकारात्मक परिवर्तन ल्याउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा तपाईंको दृष्टिकोण प्रस्तुत गर्नुहोस् ।
४. शिक्षकको पेसागत विकासका अवयवहरूका प्रमुख पक्षहरू के के हुन् ? यी अवयवहरूको सही उपयोगले कसरी शिक्षकको वृत्ति विकासमा सहयोग पु¥याउँछ ? शिक्षकको गुणस्तरीय शिक्षणमा यसको योगदानको समीक्षा गर्नुहोस् ।



