शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट-८.१)

काठमाडौं/७ असोज – शिक्षक सेवा आयोग तयारी शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. कक्षाकोठा व्यवस्थापन अवधारणाको परिभाषा दिनुहोस् । विद्यमान अवस्थामा देखिएका मुख्य समस्याहरू के–के हुन् ? यी समस्याहरूलाई समाधान गर्न सकिने उपायहरू के के रहेका छन् ?


२. कक्षाकोठामा भौतिक तथा शैक्षणिक सामग्रीको उचित व्यवस्थापनले शिक्षण–सिकाइ प्रक्रियामा कसरी प्रभाव पार्छ ? बसाइ व्यवस्थापनका कारणले पनि सिकाईलाई कसरी विद्यार्थीमैत्री बनाउन सकिन्छ ?


३. कक्षाकोठामा विद्यार्थीहरूको मनोवैज्ञानिक पक्ष व्यवस्थापनका लागि शिक्षकले अपनाउनुपर्ने मुख्य विधिहरू के के हुन् ? मनोवैज्ञानिक सहयोगले सिकाइमा विद्यार्थीहरूलाई कस्तो किसिमको प्रभाव पर्छ ?


४. विषय शिक्षण, कक्षा शिक्षण, बहुकक्षा शिक्षण र बहुकक्षा बहुस्तर शिक्षणमा शैक्षणिक व्यवस्थापनको भूमिका के रहेको हुन्छ ? विषय शिक्षण, कक्षा शिक्षण, बहुकक्षा शिक्षण र बहुकक्षा बहुस्तर शिक्षणलाई प्रभावकारी बनाउन के–कस्ता रणनीतिहरू प्रयोग गर्न सकिन्छ ?


५. शिक्षण विविधता व्यवस्थापन भन्नाले के बुझिन्छ ? कक्षाकोठामा भाषिक, सामाजिक तथा बौद्धिक विविधतासँग सम्बन्धित चुनौतीहरू के के रहेका छन् र तिनका समाधान कसरी गर्न सकिन्छ ? यसका लागि शिक्षकले कस्ता विधिहरू प्रयोग गर्नुपर्छ ?


हेर्नुहोस भिडियो