ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन

काठमाडौं/३१ भदौं – पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन दिएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को मर्मअनुरूप विकास भएका ऐच्छिक विषय तथा मातृभाषाका पाठ्यक्रम प्रयोग गर्न निर्देशन दिएको होे ।


शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र १० गणित, अर्थशास्त्र, कम्प्युटर विज्ञान, कृषि शिक्षा प्रयोग गर्न र नेपाल भाषा कक्षा ६ देखि ८ मा देशभर लागु हुने भएकाले सोअनुसार प्रयोग गर्नु भनिएको छ ।