काठमाडौं/२१ भदौं – शिक्षक सेवा आयोगले आफ्नो पाठ्यक्रम परिवर्तन गर्ने तयारी थालेको छ । आयोगले विभिन्न चरणमा सरोकारवाला पक्षसँग सुझाब लिएर परिवर्तन गर्ने तयारी थालेको हो ।
पाठ्यक्रम परिवर्तनका लागि आवश्यक रकम आयोगलाई आईसकेको र अब परिवर्तनको प्रक्रियालाई अगाडी बढाउने योजनामा आयोग रहेको स्रोतले जनाएको छ । साथै पाठ्यक्रम शिक्षा सम्बन्धी पेडागोजीमा केन्द्रीत रहेर परिवर्तन गर्ने तयारीमा रहेको स्रोतको भनाई छ ।
आयोगले आधारभूत तह र माध्यमिक तहको पाठ्यक्रम २०७६ सालमा निर्माण गरेको थियो भने अध्ययन अनुमति पत्र र बढुवाको पाठ्यक्रम २०७८ मा निर्माण गरेको थियो ।
शिक्षक सेवा आयोगका सबै तयारी निःशुल्क रूपमा यहाँबाट गर्न सकिन्छ ।



