शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तर (सेट-१)

काठमाडौं/२१ भदौं-शिक्षक सेवा आयोग तयारी शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. सामुदायिक विद्यालयको सामाजिक परीक्षण भन्नाले के बुझिन्छ ? शिक्षा नियमावलीमा भएको सामाजिक परीक्षण समितिको गठन प्रक्रिया उल्लेख गर्दै विद्यालयको सामाजिक परीक्षण सम्बन्धी कार्यको कार्यान्वयनको समीक्षात्मक टिप्पणी गर्नुहोस् । २+३+५


२. प्राथिमिक तहमा तपाईले पढाउने कुनै कक्षा र विषयको एक पाठमा आधारित भई एक अनुच्छेद तयार गर्नुहोस् र निम्न प्रश्नको जवाफ दिनुहोस् । २+२+२+२+२


(क) उक्त पाठ पढिसकेपछि विद्यार्थीले हासिल गर्ने दुईवटा उद्देश्यहरु लेख्नुहोस् ।
(ख) उद्देश्य पूरा गर्नका लागि आवश्यक चारवटा शैक्षिक सामग्रीको नाम लेख्नुहोस् ।
(ग) कक्षाकोठामा गराउने कियाकलापहरु कमबद्ध रुपमा लेख्नुहोस् ।
(घ) विद्यार्थीले उद्देश्य हासिल गरे गरेनन् कसरी थाहा पाउनुहुन्छ ? स्पष्ट पार्नुहोस् ।


३. आजभोलि बालबालिकाहरुमा नैतिक शिक्षाको अभाव खट्किएको कुरा विभिन्न मञ्चहरुमा सुनिन आएको सन्दर्भमा नैतिक शिक्षा भनेको के हो यसको महत्व दर्शाउँदै हाम्रा बालबालिकाहरुलाई नैतिकताको कसीमा ढाल्न शिक्षकले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? विवेचनात्मक प्रस्तुति गर्नुहोस् । ३+३+४


४. कक्षा ३ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा जम्मा ५० जना विद्यार्थी र बालविकास सहयोगी कार्यकर्ता सहित २ जना शिक्षक मात्र कार्यरत छन् । उक्त विद्यालयमा प्रयोग गर्न सकिने उपयुक्त शिक्षण विधि कुन हुन सक्ला ? विद्यालयको शैक्षिक सुधारका लागि कस्ता उपायहरु प्रयोग गर्नुहुन्छ ? व्याख्या गर्नुहोस् । २+४+४


५. विद्यालय शिक्षाको आधारभूत तहमा देखापरेका विद्यार्थी मूल्याङ्कन सम्बन्धी समस्याहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् । शिक्षकले विद्यार्थीको उपलब्धि मूल्याङ्कनलाई सिकाइमा सुधार गर्ने प्रयोजनका लागि कसरी उपयोग गर्न सक्दछन् ? आफ्नो अनुभवका आधारमा व्याख्या गर्नुहोस् । ५+५


६. शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्रीहरुको कस्तो अन्तरसम्बन्ध रहेको हुन्छ ? चर्चा गर्नुहोस् । १०

यहाँबाट हेर्नुहोस भिडियो