काठमाडौं/१४ भदौं-शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत व्याकरण शिक्षणबाट नमूना विषयगत प्रश्नोत्तर (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : वर्णविन्यास तथा लेख्य चिन्हको परिचय, प्रयोग, शब्दकोष प्रयोग, शब्द भण्डार र उखान टुक्का, शब्द रचना, वाक्य रचना र वाक्यान्तरण
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. आधारभूत तहको कक्षा ४ मा नेपाली व्याकरण अन्तर्गत वाक्य रचना सिप र वाक्यान्तरण सिप मूल्याङ्कन गर्न कुनै पाँचओटा प्रश्नहरू निर्माण गर्नुहोस् । ५ (नमुना प्रश्नपत्र २०७८)
२. आधारभूत तहमा नेपाली विषय शिक्षण गर्दा व्याकरण सिकाउने तरिका उदाहरण सहित प्रस्तुत गर्दै कक्षा ५ का विद्यार्थीलाई ’वाक्य रचना र वाक्यान्तरण सिकाउने उपयुक्त पाँच क्रियाकलाप प्रस्तुत गर्नुहोस् । ५+५ (खुला प्रतियोगितात्मक विषयगत परीक्षा – २०८०)
३. वर्णविन्यास भनेको के हो ? व्याकरण शिक्षणमा वर्णविन्यासको महत्व के रहेको छ ? प्राथमिक तहमा वर्णविन्यास सिकाउँदा कस्ता शिक्षण व्रिmयाकलाप प्रभावकारी हुन्छन् ? लेख्नुहोस् ।
४. लेख्य चिन्हको परिचय लेख्नुहोस् । कक्षा ३ का विद्यार्थीहरुलाई लेख्य चिन्हको कसरी प्रयोग गरी सिकाउँदा प्रभावकारी हुन्छ ? लेख्नुहोस् ।
५. शब्दकोष भन्नाले के बुझिन्छ ? प्राथमिक तहका विद्यार्थीहरुलाई शब्दकोषको महत्व कसरी बुझाउने ? महत्व बुझाउने तरिका उदाहरणसहित व्याख्या गर्नुहोस् ।
६. प्राथमिक तहका विद्यार्थीहरुकोलागि शब्द भण्डार बढाउनका लागि कुन शिक्षण विधिहरु प्रभावकारी हुन सक्छन् ? उखान टुक्का शिक्षण गर्दा कस्ता शिक्षण व्रिmयाकलापहरु अपनाउनु पर्दछ ?
७. शब्द रचनाको प्रक्रिया के हो ? प्राथमिक तहमा शब्द निर्माणका लागि कुन–कुन अभ्यास गराउन सकिन्छ ? कक्षा १ का विद्यार्थीहरुलाई शब्द निर्माण गर्न लगाउने तरिका लेख्नुहोस् ।



