काठमाडौं/१३ भदौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सुविधा वृद्धि गर्न माग गरेका छन् । विद्यालय कर्मचारीहरू न्यून तलबमा काम गर्न बाध्य पारिएको भन्दै सुविधा वृद्धि गर्न माग गरेका हुन् ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तीनाथ योगीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा अनुदानमा रकम थप गरिदिन आग्रह गरेका छन् ।
“मुलुकभरका सामुदायिक विद्यालयमा सेवारत विद्यालय कर्मचारीहरूलाई नेपाल सरकाले आ.व. २०७८/०७९ देखि श्रमऐन बमोजिमको न्यूनतम पारिश्रमिक १५ हजार मासिक रूपमा उपलब्ध हुदै आएकोमा सङ्घीय अनुदान तथा स्थानीय सरकारको अनुदानमा आ.व. २०८१/०८२ देखि लागु हुने गरी कार्यालय सहयोगीको हकमा १७ हजार ३ सय र लेखापालको हकमा १७ हजार ३ सयमा थप ७ हजार स्थानीय तहको अनुदानमा यथावत् हुने व्यवस्था मिलाई दिनु हुन अनुरोध छ” पत्रमा उल्लेख छ ।




