काठमाडौं/१२ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत नेपाली भाषामा पद्य र गद्यको शिक्षणबाट नमूना विषयगत प्रश्नोत्तर (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : परिचय, प्रयोजन, शिक्षण विधि तथा शिक्षण क्रियाकलाप र भाषिक सीप विकासमा विधा शिक्षणको भूमिका
अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. पद्य र गद्यको परिचय दिनुहोस् । नेपाली भाषा शिक्षण गर्दा भाषिक सिप किन महत्व रहेको छ ? लेख्नुहोस् ।
२. प्राथमिक तहमा भाषिक सिपहरू शिक्षण गर्दा अपनाउनु पर्ने शिक्षण विधिहरु उल्लेख गर्नुहोस् । भाषिक सिप विकासमा शिक्षकको भूमिका किन महत्वपूर्ण मानिन्छ ? लेख्नुहोस् ।
३. पद्य र गद्यको शिक्षणका लागि प्रयोग गरिने प्रभावकारी शिक्षण विधिहरू के–के रहेका छन् ? उदाहरणसहित वर्णन गर्नुहोस् ।
४. पद्य र गद्यको शिक्षणमा सामेल गरिने विभिन्न शिक्षण क्रियाकलापहरू उल्लेख गर्नुहोस् । ती क्रियाकलापहरूले विद्यार्थीको भाषिक सिपमा हुने प्रभावको विश्लेषण गर्नुहोस् । क्रमशः



