सेट-३५ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१० असोज – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ आठ विज्ञान तथा प्रविधि शिक्षण अन्तर्गत अन्तरिक्षबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : सूर्य र सौर्य परिवार


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. तपाईले अन्तरिक्ष एकाइ अन्तर्गत सूर्य र सौर्य परिवार पाठ शिक्षण गर्ने क्रममा सौर्य मण्डलको नमुना निर्माण गर्ने परियोजना कार्य दिनुभयो । सो परियोजना कार्यको मूल्याङ्कन गर्न एउटा परीक्षण कुञ्जिका तयार पार्नुहोस् । ५ (शिक्षक सेवा आयोगबाट तयार गरिएको नमूना प्रश्न)


२. विद्यार्थीहरूलाई सूर्यको संरचना र त्यसबाट उत्पन्न हुने ऊर्जा सम्बन्धी जानकारी दिनको लागि कुनै क्रियाकलाप बनाउनुहोस् । यस क्रियाकलापले विद्यार्थीहरूलाई सूर्यको महत्व र यसको ऊर्जा पृथ्वीमा कसरी पुग्छ भन्ने कुरा बुझाउने तरिका लेख्नुहोस् ।


३. सौर्य परिवारका ग्रहहरूको आकार, कक्ष र दूरीको दृष्यात्मक प्रतिनिधित्व गर्न विद्यार्थीहरूले समूहमा तयार गर्न सक्ने शैक्षिक परियोजना कसरी तयार गर्नुहुन्छ ? यसले तिनीहरूलाई सौर्य परिवारको संरचना बुझ्न कसरी मद्दत गर्छ ?


४. विद्यार्थीहरूलाई ग्रहहरूको भिन्नता (जस्तैः भौतिक गुण, तापक्रम र वातावरण) बारेमा जानकारी दिनको लागि प्रयोग गर्न सकिने कुनै अन्वेषणात्मक गतिविधि योजना बनाउनुहोस् । यसले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा कसरी सक्रिय सहभागिता गराउँछ ? लेख्नुहोस् ।


यहाँबाट हेर्नुहोस भिडियो