काठमाडौँ /९ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताएका छन् । दृढ अठोट र निरन्तर प्रयासबाट विकास हासिल गर्न सकिने र सफलतामा पुग्न सकिने बताउँदै निरन्तर प्रयास गररे गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा बोल्दै कुलपति ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्ने उदेश्यले विश्वविद्यालय खोलएको धारणा राखेका छन् ।
उनले नेपालीको चेतना, गौरव र इतिहाससँग विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए । उनले भने ‘‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन। यसका लागि ज्ञान र मन चाहिन्छ।’’
बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि २ सय ८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय



