निम्न माध्यमिक तह सामाजिक विषयको २०८१ सालमा सोधिएको विषयगत प्रश्नोत्तर

काठमाडौं/९ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि निम्न माध्यमिक तह सामाजिक विषयको २०८१ सालमा सोधिएको विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


निम्न माध्यमिक तह सामाजिक विषयको २०८१ सालमा सोधिएको विषयगत प्रश्नोत्तरहरु


१. निम्न माध्यमिक तह, सामाजिक अध्ययन विषयको वर्तमान पाठ्यक्रमको विश्लेषण गर्दै मुख्य मुख्य सबल र दुर्बल पक्षहरु पहिचान गर्नुहोस् । यस विषयको पाठ्यक्रमको सुधारका लागि मुख्य पाँचवटा सुझाव प्रस्तुत गर्नुहोस् । ५+५


२. सामाजिक विविधता भनेको के हो ? नेपाली समाजमा सामाजिक सदभाव र सहिष्णुता कायम गर्न सामाजिक शिक्षणका माध्यमबाट कस्तो योगदान गर्न सकिन्छ ? बुँदागत रुपमा उत्तर लेख्नुहोस् । ४+६


३. बाल अधिकारको अवधारणा स्पष्ट पार्दै कुनै पाँचवटा बाल अधिकारको चर्चा गर्नुहोस् । सामाजिक अध्ययन विषयको शिक्षकलाई बाल अधिकारको जानकारी किन आवश्यक हुन्छ ? बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । ५+५


४. जलवायु परिवर्तनको अवधारणा स्पष्ट पार्दै नेपालमा जलवायु परिवर्तनका कारण र असरहरुलाई बुँदागत रुपमा स्पष्ट पार्नुहोस् । कक्षा ७ का विद्यार्थीहरूलाई जलवायु परिवर्तन’ शीर्षकको पाठ अध्यापन गराउने उपयुक्त शिक्षण कार्यकलापहरु उल्लेख गर्नुहोस् । २+४+४


५. अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुहोस र नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ पार्न अपनाउनुपर्ने ठोस रणनीतिहरु उल्लेख गर्नुहोस् । ५+५


खण्ड (ख)
६. नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको क्षेत्रले पु¥याएको योगदान सम्बन्धमा तथ्यगत विश्लेषण गर्नुहोस् । साथै नेपालको आर्थिक विकासमा वैदेशिक रोजगारीले ल्याएका अवसर र चुनौतीको समीक्षा गर्नुहोस् । ४+३+३


७. सांस्कृतिक आदानप्रदानमा भूमण्डलीकरणको प्रभावलाई व्याख्या गर्नुहोस् । बढ्दो अन्तरसम्बन्ध एवं अन्तरसम्पर्कले सांस्कृतिक प्रचलन र परम्परालाई कसरी असर गर्दछ ? स्पष्ट पार्नुहोस् । ४+६


८. सामाजिक अध्ययनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको महत्व बारेमा प्रकाश पार्नुहोस् । समसामयिक घटनासँग सम्बन्धित विषयवस्तुलाई सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कसरी शिक्षण गर्न सकिन्छ ? प्रस्ट पार्नुहोस् । ४+६


९. शिक्षण योजनाको परिचय प्रस्तुत गर्नुहोस् । कक्षा ८ को सामाजिक अध्ययन विषय अन्तर्गत ’द्वन्द्व व्यवस्थापन’ भन्ने पाठमा केन्द्रित रही एउटा नमूना पाठयोजना निर्माण गर्नुहोस् । ४+६


१०. सामाजिक अध्ययन विषयको मूल्याङ्कनमा परीक्षाका अतिरिक्त प्रयोग गर्न सकिने विभिन्न साधनहरु मध्ये घटनावृत्त अभिलेखको नमूना चित्रण गर्नुहोस् । साथै सामाजिक अध्ययन विषय शिक्षकको नाताले तपाईले विशिष्टीकरण तालिका र उत्तरकुञ्जिकाको प्रयोग गर्नुपर्ने कारण पेश गर्नुहोस् । ३+३.५+३.५


यहाँबाट हेर्नुहोस भिडियो