निम्न माध्यमिक तह सामाजिक अध्ययन विषयका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/७ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि निम्नमाध्यमिक तह अन्तर्गत सामाजिक विषयबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


निम्न माध्यमिक तह सामाजिक विषयको अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


१. कक्षा ६–८ का विद्यार्थीहरूलाई सामाजिक समस्याहरू बुझाउनका लागि कस्ता उपायहरु अपनाउन सकिन्छ ? शिक्षकले यसका लागि कुन–कुन विधि र साधन प्रयोग गर्न सक्छन् ?


२. सामाजिक अध्ययनको परिचय, उद्देश्य, क्षेत्र र महत्वको विस्तृत व्याख्या गर्नुहोस् । नेपालमा सामाजिक अध्ययनको उत्पत्ति र विकासक्रमलाई समेत समेटेर विश्लेषण गर्नुहोस् ।


३. सामाजिक अध्ययन, सामाजिक विज्ञान र सामाजिक शिक्षामा रहेका भिन्नताहरूलाई उदाहरणसहित स्पष्ट पार्नुहोस् । यी तीनवटा विधाका बीचको अन्तरसम्बन्धलाई कसरी बुझ्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नुहोस् ।


४. बहुविधाको रूपमा सामाजिक अध्ययनको अन्य विषयहरूसँगको सम्बन्धलाई विश्लेषण गर्नुहोस् । शिक्षण प्रक्रियामा यसले खेल्ने भूमिकालाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।


५. हाम्रो समाजमा सामाजिक मूल्य र मान्यताहरूको विकास कसरी भएको छ ? मानव समाजको उत्पत्ति, विकासक्रम र यससँग सम्बन्धित सामाजिक र सांस्कृतिक सम्पदाहरूको महत्वलाई उदाहरणसहित स्पष्ट पार्नुहोस् ।


६. नेपालको संविधान, नागरिक अधिकार र कर्तव्यको सन्दर्भमा नागरिक सचेतनाको महत्वको विश्लेषण गर्नुहोस् । कक्षा ६–८ का विद्यार्थीहरूलाई यसबारे शिक्षण गर्न उपयुक्त विधिहरूको चर्चा गर्नुहोस् ।


७. नेपालको भौगोलिक विशेषताहरू र हावापानीको स्थिति कस्तो रहेको छ ? भौगोलिक विविधता र हावापानी परिवर्तनको प्रभावलाई कसरी बुझाउन सकिन्छ भन्नेबारे चर्चा गर्नुहोस् । हावापानीका बारेमा पाठ योजना बनाउनुहोस् ।


८. नेपालको इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धमा भएका प्रमुख घटनाक्रमहरूको विश्लेषण गर्नुहोस् । राणा कालदेखि हालसम्मको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको संक्षिप्त समीक्षा गर्नुहोस् । विद्यार्थीको मूल्याङ्कन गर्नका लागि कुनै दुई वटा प्रश्न तयार गर्नुहोस् ।


९. नेपालको आर्थिक गतिविधिमा पार्ने प्रभावहरूको विश्लेषण गर्नुहोस् । प्राकृतिक स्रोतको संरक्षण र उपयोगको महत्व, चुनौतीहरू र सम्भावनाहरूको चर्चा गर्नुहोस् ।


१०. समाज र संस्कृतिमा हुने परिवर्तनका कारणहरू के–के हुन ? आन्तरिक र बाह्य कारकहरूको प्रभावको विश्लेषण गर्दै नेपालमा सामाजिक र सांस्कृतिक परिवर्तनका प्रमुख विशेषताहरूको चर्चा गर्नुहोस् ।


११. सामाजिक अध्ययनको शिक्षण योजना कसरी तयार गरिन्छ ? वार्षिक योजना, इकाइ योजना र पाठ योजनाको महत्व लेख्नुहोस् ?


यहाँबाट हेर्नुहोस भिडियो