सेट : ३३ – प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/६ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ आठः विज्ञान तथा प्रविधि शिक्षण अन्तर्गत जीवन प्रक्रियाबाट नमूना विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : जनावर र विरुवाका जीवन प्रक्रिया, विरुवाका विभिन्न भागहरु र तिनीहरुका कार्य, जनावर र विरुवामा हुने प्रजनन प्रक्रियाको सामान्य जानकारी


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु
१. आधारभूत तहको कक्षा ५ का विद्यार्थीहरूमा वैज्ञानिक सिप विकास गर्न विरुवाहरूको वर्गीकरण एकाइ अन्तर्गत एउटा क्रियाकलाप निर्माण गरी सो क्रियाकलापको कुन कुन चरणले कुन कुन वैज्ञानिक सिप विकास हुन्छ ? तालिकामा प्रस्तुत गर्नुहोस् । ५ (शिक्षक सेवा आयोगबाट तयार गरिएको नमूना प्रश्न)


२. जीवन प्रक्रियाको परिभाषा लेख्नुहोस् ? यसले जनावर र विरुवामा कसरी फरक भूमिका खेल्छ ? कुनै एक भागको अनुपस्थितिले सम्पूर्ण विरुवा प्रणालीमा कस्तो असर पार्छ मूल्यांकन गर्नुहोस् ।


३. प्रकाश संश्लेषण र श्वसन प्रक्रियालाई तुलना गरेर व्याख्या गर्नुहोस् । यी प्रक्रियाहरू जनावर र विरुवामा कसरी फरक छन् ? प्रकाश संश्लेषण र श्वसन प्रक्रिया सम्बन्धी शिक्षण सिकाई व्रिmयाकलाप गर्दा कुन विधि सबैभन्दा उपयुक्त हुन्छ ?


४. पात र जराको मुख्य कार्यहरू के–के हुन् ? पातमा हुने कार्यहरूको कारणले विरुवा कति महत्वपूर्ण छ ? पात र जरा शिक्षण गर्नका लागि एउटा पाठ योजना तयार गर्नुहोस् ।


५. फूलको संरचना र यसको प्रजननमा के भूमिका रहेको छ ? फूलको कुन भागले नयाँ विरुवाको विकासलाई सहयोग पु¥याउँछ ? फूलको संरचना सम्बन्धी शिक्षण गर्दा कुन विधि प्रभावकारी हुन सक्छ ?


६. कुनै एक प्रकारको जनावरको प्रजनन क्षमता कम हुँदै गएपछि यो घटनाले उक्त प्रजातिको पारिस्थितिक सन्तुलनमा कस्तो प्रभाव पार्न सक्छ ? अन्य प्रजातिहरूको अस्तित्वमा यसको प्रभावको व्याख्या गर्नुहोस् ।


यहाँबाट हेर्नुहोस भिडियो