सेट : ३० – प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/४ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ नौः स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला अन्तर्गत सिर्जनात्मक कलाबाट नमूना विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम ः परिचय र महत्व, एकीकृत पाठ्यक्रममा सिर्जनात्मक कलाको समावेशीकरण, दृश्यकला र सङ्गीत कलाभित्र पर्ने विषयवस्तुहरुको सामान्य परिचय र उद्देश्य, विषयवस्तु र पाठ्यभार


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


१. सिर्जनात्मक कला विषयलाई एकीकृत पाठ्यक्रममा के कसरी एकीकृत गरिएको छ ? उल्लेख गर्दै दृश्यकला भित्र पर्ने कुनै चार विषयवस्तुहरुको सूची वनाउनुहोस् । ३+२=५ (शिक्षक सेवा आयोगबाट २०७९ सालमा सोधिएको)


२. प्राथमिक तहको एकीकृत पाठ्यक्रममा सिर्जनात्मक कलाको समावेशीकरणले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा कस्तो प्रभाव पार्दछ ? सिर्जनात्मक कला सम्बन्धी विषयवस्तु शिक्षण गर्दा अपनाउनु पर्ने व्रिmयाकलापहरु लेख्नुहोस् ।


३. संगीत र दृश्यकलाको एकीकृत प्रयोगले शिक्षा क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ ? उदाहरणसहित विश्लेषण गर्नुहोस् ।


४. दृश्यकला र संगीत कलाले शिक्षण सिकाई व्रिmयाकलापमा कसरी प्रभाव पार्न सक्छ ? दृश्यकला र संगीत कला शिक्षण गर्दा कुन शिक्षण विधि उपयुक्त हुन्छ ?


५. दृश्यकला र संगीत कलाको परिचय दिनुहोस् । दृश्यकला र संगीत कलाभित्र पर्ने विषयवस्तुहरु प्राथमिक तहमा शिक्षण गर्नुको उद्देश्य के रहेको छ ?


६. नृत्य, गायन र वादनको परिचय दिनुहोस् । कक्षा ४ मा गायन शिक्षण गर्नका लागि पाठयोजना निर्माण गर्नुहोस् ।


यहाँबाट हेर्नुहोस भिडियो