काठमाडौँ /१ भदौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन समयानुकूल परिमार्जन गरेर ल्याइने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्रले धान्ने र शिक्षा क्षेत्रमा सुधार गर्ने गरी समयानुकूलको शिक्षा ऐन ल्याइने बताएका हुन ।
उनले शिक्षकहरूलाई राजनीति गर्ने आरोप लाग्ने गरेको बताउँदै त्यस प्रति चिन्तित हुन नपर्ने बताए । साथै शिक्षकहरूका कुनै समस्या भए सरकार र शिक्षकसँगै भएर समस्या समाधान गर्न सकिने उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले शिक्षक संगठन निर्माण हुँदाको समय देखीनै शिक्षकहरूसँग आफू जोडिएको स्मरण गर्दै शिक्षकका मागहरूका बारेमा संसदमा व्यक्तिगत रूपमा पनि लडेर सहयोग गर्दै आएको भनाई व्यक्त गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको भवन निर्माण गरेको सन्दर्भमा बोल्दै शिक्षकहरूको जागिर घर चलाउन पनि नपुग्ने रहेको अवस्थामा पनि भवन निर्माण गरेकोमा धन्यवाद दिए । त्यसैगरी शिक्षकले सामाजिक चेतना बढाउन, समाजमा भएका विकृति हटाउन र लोकतन्त्र अराजकता होइन भनेर बुझ्न बुझाउन बौद्धिक हिसाबले शिक्षकलाई लाग्न आग्रह गरे ।



