सेट :१९ – प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/२४ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ पाँच सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत समाज र संस्कृति बाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : समाज, संस्कृति र मानवीय सम्बन्ध तथा सामाजिक समस्या, कारण र समाधानमा सरकारी र गैरसरकारी निकायहरुको भूमिका


विषयगत नमूना प्रश्नोत्तरहरु


१. समाजको विकासमा संस्कृतिको भूमिका कस्तो रहेको हुन्छ ? नेपालमा भएका विभिन्न सांस्कृतिक परम्पराको माध्यमबाट समकालीन सामाजिक समस्याहरु कसरी समाधान गर्न सकिन्छ ?


२. संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी र गैरसरकारी निकायहरूको भूमिका उल्लेख गर्नुहोस् । संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि आधुनिक परिप्रेक्ष्यमा रहेका चुनौतीहरू र अवसरहरू के के छन् ?


३. सामाजिक संस्कृति र मानवीय सम्बन्धलाई प्रोत्साहित गर्न सरकारी र गैरसरकारी निकायहरूले कस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ ? यस्ता कार्यव्रmमहरुले समाजमा पार्ने प्रभावहरुका बारेमा लेख्नुहोस् ?


४. शिक्षा र बेरोजगारी समस्यास“ग जुध्नका लागि के कस्ता नीतिहरू र कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ ? शिक्षा र बेरोजगारी समस्यामा देखा परेका चुनौतीहरू र समाधानका उपायहरु के–के रहेका छन् ?


५. सामाजिक असमानता र भेदभावका मुख्य कारणहरू के के रहेका छन् ? यसलाई न्यूनीकरण गरी समाजमा समानता ल्याउने उपायहरु के के हुन सक्छन् ?


६. मानव अधिकार र सामाजिक न्यायमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिकाले समाजमा के कस्तो परिवर्तन ल्याएको छ ? मानव अधिकार र सामाजिक न्यायमा सरकारी र गैरसरकारी संस्थाहरूको प्रभावकारिता र चुनौतीहरू के–के रहेका छन् ?


हेर्नुहोस नमुना प्रश्नोत्तर