सेट-११ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तरहरु

काठमाडौं/१६ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ तीन अन्तर्गत शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन अन्तर्गत परीक्षा र मूल्याङ्कनबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्म र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम ः परीक्षाको अवधारणा, उद्देश्य, प्रकारहरु, शिक्षक निर्मित परीक्षा र स्तरीकृत परीक्षा. मूल्याङ्कनको अवधारणा, उद्देश्य, प्रकारहरु, मूल्याङ्कनका साधनहरु र प्रयोग र प्राथमिक तहमा प्रयोग हुने मूल्याङ्कनका विधि तथा प्रक्रियाहरू


अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. निरन्तर विद्यार्थी मूल्याङ्कन भन्नाले के बुझिन्छ ? आधारभूत तहको कक्षा १–३ मा निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने कुनै ५ वटा उपायहरु उल्लेख गर्नुहोस् । यसमा शिक्षकले खेल्नुपर्ने भूमिका समेत छोटकरीमा उल्लेख गर्नुहोस् । (शिक्षक सेवा आयोगबाट तयार गरिएको नमूना प्रश्न)


२. मूल्याङ्कनको परिचय दिई मूल्याङ्कनका साधनहरुको सूची वनाउनुहोस् । विद्यालयमा उक्त साधनहरुको प्रयोगको अवस्थाको बारेमा विवेचना गर्नुहोस् । २+३+५=१० (२०७९ को परीक्षामा सोधिएको)


३. विद्यार्थी मूल्याङ्कनको सन्दर्भमा “विद्यार्थीले सिकेका कुरालाई मूल्याङ्कन गर्ने वा नसिकेको कुरालाई पनि मूल्याङ्कन गर्ने” भन्ने विषयमा तपाईको अभिमत के मा रहन्छ ? कारण सहित प्रस्ट पार्नुहोस् । मूल्याङ्कनले शिक्षण सिकाइमा कसरी सहयोग पु¥याउँछ ? उदाहरण सहित विश्लेषण गर्नुहोस् । ५+५ (वि.सं. २०८० सालको परीक्षामा सोधिएको)


४. परीक्षाको अवधारणा र उद्देश्य के के रहेका छन् ? शिक्षक निर्मित परीक्षा र स्तरीकृत परीक्षाको तुलना गर्दै त्यसका फाइदाहरू लेख्नुहोस् ।


५. मूल्याङ्कनको अवधारणा र उद्देश्य के के रहेका छन् ? निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनमा के भिन्नता रहेको छ ? तिनीहरु प्रयोग गर्नुको उद्देश्य लेख्नुहोस् ।


६. मूल्याङ्कनका साधनहरूको नाम लेख्नुहोस् । मूल्याङ्कनका साधनहरूको प्रयोगको महत्व के रहेको छ ? उदाहरण सहित व्याख्या गर्नुहोस् ।


७. स्तरीकृत परीक्षा र शिक्षक निर्मित परीक्षाको प्रभावकारिता र विश्वसनीयता सम्बन्धमा गहन विश्लेषण गरी यिनीहरुको महत्व लेख्नुहोस् ।

प्रश्नोत्तर उहाँबाट हेर्नुहोस