सेट-१२ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१७ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ तीन अन्तर्गत शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन अन्तर्गत मूल्याङ्कनका अन्य साधनहरुबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : अवलोकन, श्रेणीमापन, रुजु सूची, सञ्चित अभिलेख, घटनावृत अभिलेख र कार्य सञ्चयिका


अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. “तपाईंले कक्षाकोठामा शिक्षकको शिक्षण व्रिmयाकलापको अवलोकन गर्दा छात्र–छात्राहरूको संलग्नता र सहभागितालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? संलग्नताकोस्तर, सहभागिताका प्रकारहरू र ती गतिविधिहरूले शैक्षिक उद्देश्यहरू प्राप्त गर्न कत्तिको प्रभावकारी छन् ? उदाहरणसहित वर्णन गर्नुहोस् ।”


२. तपाईंले सिकेका विभिन्न शिक्षण विधिहरू मध्ये एउटा विधि छनौट गरी त्यसको प्रयोग शिक्षण अभ्यासमा कसरी गर्नुहुन्छ ? यो विधि अन्य विधिहरू भन्दा प्रभावकारी छ भन्ने प्रमाणित गर्ने ३ ओटा ठोस आधारहरू प्रस्तुत गर्नुहोस् ।


३. “कसरी शिक्षण गतिविधिहरूमा रुजु सूची मूल्याङ्कन प्रणालीले विद्यार्थीहरूको समग्र शैक्षिक प्रगति र दक्षताको मापन गर्न सहयोग गर्दछ ? रुजु सूची मूल्याङ्कन प्रणालीको प्रभावकारिता सुनिश्चित गर्नका लागि कुन–कुन कुराहरु हुन सक्छन् ? लेख्नुहोस् ।


४. सञ्चित अभिलेख भनेको के हो ? सञ्चित अभिलेखबाट विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयमा विद्यार्थीहरूको सिकाइ परिणामलाई सुधार गर्न के कस्ता रणनीतिहरू अपनाउन सकिन्छ ? विवेचना गर्नुहोस् ।


५. घटनावृत अभिलेखको विश्लेषणले विद्यालयको योजना प्रक्रियामा कसरी सुधार गर्नसक्छ ? लेख्नुहोस् ।


६. “विद्यार्थीको मूल्याङ्कन गर्दा प्रयोग गरिने कार्य सञ्चयिका भनेको के हो ? मूल्याङ्कनमा कार्य सञ्चियका प्रयोगले सिकाइमा कसरी सुधार गर्न सकिन्छ ?


प्रश्नोत्तरका लागि हेर्नुहोस यहाँबाट भिडियो