पोखरामा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

पोखरा/१४ साउन – पोखरा -२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना विद्यालय सहयोगी आरती विक र एकजना विद्यार्थी प्रिन्स विश्वकर्माको मृत्यु भएको पोखरा प्रहरी कार्यालयले जनाएको छ ।


उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेजेमा मृत्यु भएको प्रहरीले खबर एजुकेशनलाई जनाएको छ । दुर्घटनामा २९ विद्यार्थी सहित ३० जना घाइते छन् । सोमवार बिहान विद्यार्थी लिएर आउने क्रममा बस सडकबाट खसेको थियो ।