काठमाडौं/१४ साउन- शिक्षक सेवा आयोगले प्राथमि तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । आयोगले गत असार २२ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको हो ।
आयोग स्रोतका अनुसार कुनै प्राविधिक समस्या नआए आज नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । स्रोतले भन्यो “प्राविधिक समस्या नभए आज नतिजा सार्वजनिक हुन्छ । कुनै समस्या आए एक दुई दिन पनि लाग्न सक्छ । तर सकेसम्म आजै नतिजा सार्वजनिक गर्छौ ।”
आयोगले ५ हजार ४ सय ५३ पदका लागि विज्ञापन खुला गरेको थियो । ९७ हजार ५ सय ७९ ले आवेदन दिएका थिए ।