काठमाडौं /१३ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दुई अन्तर्गत बाल मनोविज्ञान अन्तर्गत सिकाइबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : अर्थ, स्वरुप र शैलीहरु, परिपक्वता र सिकाइ बीच अन्तर सम्वन्ध, स्व प्रतिविम्वन र सिकाइ, सिकाइमा स्थानान्तरण, स्मरण र विस्मरण, उत्प्रेरणा र सिकाइ अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु :
१. सिकाइको अर्थ र यसका विविध स्वरुपहरु के के रहेका छन् ? विभिन्न सिकाइ शैलीहरुको वर्णन गर्दै शैलीले सिकाइ प्रक्रियामा कसरी योगदान पु¥याउँछ ? चर्चा गर्नुहोस् ।
२. मानिसको परिपक्वता र सिकाइ बीचको अन्तरसम्बन्धलाई स्पष्ट पार्नुहोस् । विभिन्न उमेर समूहहरुमा सिकाइ प्रक्रिया कसरी फरक हुन्छ ? सिकाइमा यसको प्रभाव के हुन्छ भन्ने कुराको चर्चा गर्नुहोस् ।
३. स्व–प्रतिविम्वनले सिकाइमा कसरी महत्वपूर्ण भूमिका खेल्छ ? सिकाइको गुणस्तर सुधार्न स्व–प्रतिविम्वनका विधिहरु र तिनको प्रभावका बारेमा विस्तृत व्याख्या गर्नुहोस् ।
४. सिकाइमा स्थानान्तरण भनेको के हो र यो किन महत्वपूर्ण छ ? सन्दर्भहरु र उदाहरणहरुसहित ज्ञान र सीपको स्थानान्तरण कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्नुहोस् ।
५. स्मरण र विस्मरणका प्रक्रियाहरु के के रहेका छन् ? सिकाइमा उत्प्रेरणाको भूमिका, स्मरण सुधार गर्न उत्प्रेरणात्मक रणनीतिहरु र विस्मरण कम गर्न सकिने उपायहरु लेख्नुहोस् ।



