काठमाडौँ /२२ जेठ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा डिएम,एमसिएच,एनबिएमएस-एसएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आव्हान गरेको छ ।
चिकित्सा शिक्षा डिम,एमसिएच,एनबिएमएस-एसएस (एमइसिईई डिएम एमसिएच २०२४) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाका लागि आवेदन फाराम आव्हान गरेको हो ।
सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूबाट यही जेठ २२ गते बिहान १०ः०० बजेदेखि असार ३ गते सोमबार अपरान्ह ५ः०० बजेसम्म आयोगको अनलाइन दरखास्त प्रणाली https://entrance.mec.gov.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सकिने जनाएको छ ।



