काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखसँग स्पष्टिकरण माग

काठमाडौं/१४ माघ – काठमाडौं महानगपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरिएको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि महानगपालिकाले स्पष्टीकरण माग गरिएको हो ।


कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएको पाइएपछि शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको बालेन शाहको सचिवालयले जनाएको छ ।


७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ । उनले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिका कारण स्पष्टीकरण सोधिएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।


कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।