काठमाडौँ/१३ माघ–अक्षरा स्कुलको आयोजनामा प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । यही माघ १६ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
विद्यालयले विद्यार्थीहरूलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन र समग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उदेश्यले खेलको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
बास्केटबल प्रतियोगितामा कक्षा ९ भन्दा तलका जुनियर र सिनियर छात्र छात्राहरूले सहभागी जनाउने छन् भने जुनियर तर्फ छात्र छात्राको मिक्स टिम बनाइने छ । प्रतियोगितामा १६ विद्यालयका ४४ टिमका खेलाडीहरूको सहभागिता रहने छ ।
ब्वाइज–गर्ल्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टिम सहभागी हुने छन् । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू काँडाघारीस्थित अक्षरा स्कुलकै आफ्नै कोर्टमा हुनेछ ।



