काठमाडौँ /१० माघ- प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले विशेष मौका परीक्षाका लागि आवेदन फाराम आव्हान गरेको छ । शैक्षिक सत्र २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थीका लागि आवेदन फाराम आव्हान गरेको छ ।
डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड/दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड/दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड/दोस्रो खण्ड तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका एवं प्रि–डिप्लोमा तहको हकमा शैक्षिक सत्र २०६५/०६६ देखि २०७४/०७५ सम्म (२०६५ सालदेखि २०७४ सालसम्म) सम्म रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका परीक्षाका लागि आवेदन भर्न सूचित गरेको छ ।
आवेदन माघ २४ गतेभित्र नियमित शुल्कमा र फागुन ३ गतेभित्र बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।



