कक्षा १२ को नियमित र कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन फाराम खुला

काठमाडौँ /८ माघ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम खुला गरको छ ।


कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय /क्याम्पसमा अध्ययन गरी २००८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्नका लागि भनिएको हो ।


रजिस्ट्रेसन नम्बरका सुरुका दुई अड्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म बिलम्ब शुल्क सहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नु बोर्डले सूचित गरेको छ ।


साथै सम्बन्धित विद्यालयले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर÷डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण सहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु निर्देशन दिएको छ ।