बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

मोरङ /७ माघ- मोरङको जहदा गाउँपालिका वडा न. १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । करिम फाउन्डेसनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।


आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्विटर वितरण गरिएको लेखापाल मुकेश कुमार यादवले जानकारी दिए । करिम फाउन्डेसनका अध्यक्ष मो.सरफराज आलम लगायतको टोलीले स्विटर वितरण गरेको जानकारी दिए ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय विराटनगर (रानी) थानाका वरिष्ठ सई रुपेश थपलिया प्रमुख अतिथी थिए भने इलाका प्रहरी कार्यालय बुधवारका वरिष्ठ सई विजय बस्नेतको समेतको उपस्थिति रहेको थियो ।


विद्यालयका प्रधानाध्यापक गिरजा प्रसाद यादवले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै खादा माला लगाई सम्मान गरेका थिए ।