प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका परीक्षण र पर्यवेक्षणका लागि विवरण माग

काठमाडौँ /२ माघ – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण / संपरीक्षण, परीक्षा पर्यवेक्षण, प्रयोगात्मक परीक्षाको बाह्य परीक्षक प्रशिक्षक प्रशिक्षण आदि लगायत अन्य कार्यहरूमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण अद्यावधिक गर्ने सूचित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सम्पादन हुने परीक्षा सम्बन्धी कार्यहरुमा सहभागी हुन इच्छुक शिक्षकहरूको विवरण अद्यावधिक गर्ने भनिएको हो ।


विवरण अद्यावधिका लागि कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षकहरूले आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी नागरिकताको प्रतिलिपि एवं माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्ने छ ।


साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकले आ– आफ्नो विद्यालयका इच्छुक शिक्षकहरूको विवरण प्रविष्टि गरी २०८० माघ मसान्तभित्र इलष्लिभ भ्लतचअनलाईन मार्फत विवरण भरिसक्नु पर्ने जनाएको छ ।


विवरण अनलाइन मार्फत भर्न सकिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको httpsM//exam.neb.gov.np,8081 भित्र अनलाईन रजिष्ट्रेसन इन्ट्रिमा रहेकै स्थानमा टिचर रोष्टर सम्बन्धी फिल्ड समावेश गरिएको जनाएको छ ।