विद्यार्थीले पहिलो महिला प्रधान न्यायाधीश कार्कीसँग अन्तरक्रिया गर्ने

तुल्सीपुर/२७ मंसिर – तुल्सीपुर मेट्रो कलेजले पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्कीसँग अन्तरक्रिया गर्ने भएको छ । कानून संकायमा स्नातक तह बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कलेजले यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।


“कानूनका विद्यार्थीहरूलाई लक्षित गरेर उत्प्रेरित गर्नका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ” कलेज प्रमुख आचार्यले बताए । उनले नीति र नेतृत्व विषयमा पुस १ र २ गते अन्तरक्रिया हुन लागेको पनि जानकारी दिए । यसैगरी जनप्रतिनिधिहरूलाई लक्षित गरेर स्थानीय सरकार र सुशासन विषयमा पनि अन्तरक्रिया गर्न लागिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए ।