काठमाडौँ /२४ मंसिर – काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यनेजमेन्ट संकाय ९कुसोम० अन्तर्गत रोट्रयाक्ट क्लबले धुम्रबराहा माध्यमिक विद्यालयलाई विभिन्न सहयोग प्रदान गरेको छ । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोट्रयाक्ट क्लबको विभिन्न सामाग्री सहयोग गरेको हो ।
संस्थापक सभापति स्नेहा चिमोरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरवेयरका साथै कलर पेन्सिल र कलर ९६ थान, कपि १०० थान, पुस्तकालयका लागि सन्दर्भ पुस्तक ७० वटा , पेन्सिल ब्याग १०० वटा , खेलकुद सामग्री ९ब्याडमिन्टन, फुटबल र टेनिस टेवल लगायत० र ट्रयाकसुट लगायतका लुगाहरू धुम्रबराहा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेकी हुन् ।
उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटार्क्ट क्लवको संस्थापक सभापतिमा चिमोरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन । विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्रयाक्ट क्लब कुसोमले विद्यालय र विद्यार्थीका लागि सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्रयाक्ट क्लब कुसोमलाई शुभकामना दिईन ।



