शिक्षा विधेयक अगाडि बढाउछौँ : सभापति जोशी

काठमाडौँ /१८ मंसिर – संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संघीयता कार्यान्वयनको चरण भएकाले शिक्षा क्षेत्रमा अप्ठ्यारो रहेको बताएका छन् ।


सोमबार खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा अप्ठ्यारो रहेको बताएका हुन् ।


उनले शिक्षा विधेयकलाई कसरी राम्रो बनाउन सकिन्छ र अबको १० वर्षमा कस्तो बनाउने हो भनेर लक्ष्य बनाउनुपर्ने बताए । चालु महिनादेखि नै सबै सांसद र दलहरूसँग निरन्तर छलफल गरी विधेयक अगाडि बढाउने उनले जानकारी दिए ।


उनले भने,‘शिक्षा विधेयकलाई कसरी राम्रो बनाउन सकिन्छ, अबको १० वर्षमा कस्तो बनाउने हो भनेर अब हामीले लक्ष्य पनि बनाउनुपर्छ । शिक्षा विधेयक समितिमा आइसकेको छ । यही महिनाको अन्तिमदेखि सबै जना बसेर निरन्तर छलफल गर्ने र सबै दलहरूलाई आग्रह गरेर विधेयक अगाडि बढाउने छौँ ।’