काठमाडौँ /७ मंसिर – फ्लेमिङ कलेजले आगामी आइतबार (२६ नोभेम्बर) मा हब इन्टरनेशन एजुकेसनमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम आइतबार दिउँसो १२ : ३० देखि २ बजेसम्म हात्तीसारस्थित हब एजुकेसन कार्यालयमा सञ्चालन गर्ने भएको हो ।
यस कार्यक्रमले क्यानडालाई शैक्षिक गन्तव्य बनाउने योजना गरिरहेका विद्यार्थीलाई मार्ग दर्शन गर्ने काम गर्ने फ्लेमिङ कलेजले जनाएको छ । यस्तै, विद्यार्थीले यस कार्यक्रममार्फत फ्लेमिङ कलेज, ओन्टारियोमा सुनौलो भविष्य बनाउने अवसर प्राप्त गर्ने बताइएको छ ।
कलेजले विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि विशेष कोर्स डिजाइन गरेको छ । कलेजले अत्याधुनिक सेवा, सुविधासहित विद्यार्थीलाई अध्ययनको वातावरण प्रदान गर्दछ । कार्यक्रममा फ्लेमिङ कलेजका तर्फबाट समीर जावेद उपस्थित रहनेछन् ।
अन्तरक्रियामा जावेदले विद्यार्थीको अध्ययनको रूचिका आधारमा विद्यार्थीलाई मार्गदर्शन गर्ने कार्य गर्नेछन् । कार्यक्रममा फ्लेमिङ कलेज, ओन्टारियोले प्रदान गर्दै आइरहेको शैक्षिक अवसरहरूको बारेमा प्रकाश पारिनेछ ।
यस्तै, फ्लेमिङ कलेजमा अध्ययन गर्न रूचि भएका विद्यार्थीलाई विषय छनोट र भर्ना कार्यक्रमका बारेमा व्यक्तिगत सल्लाह दिइनेछ । कार्यक्रममा फ्लेमिङ कलेजमा छात्रवृत्ति र वित्तीय सहायताका विकल्पबारेमा पनि जानकारी दिइने बताइएको छ ।
कार्यक्रमले विद्यार्थीलाई शैक्षिक गन्तव्य छनोटमा सहयोग पु¥याउने हब एजुकेसनले जनाएको छ ।



