काठमाडौँ /२३ कार्तिक – आइएसएमटी कलेजले भूकम्प पीडितलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराउने जनाएको छ ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित रहेको अध्यक्ष योगेश उप्रेतीले जानकारी दिए ।



