विद्यालय कर्मचारीहरूले भूकम्प पिडतलाई राहत उपलब्ध गराउने

काठमाडौँ /१९ कार्तिक – जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धारका लागि विद्यालय कर्मचारीहरू सक्रिय भएका छन् ।


सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको संगठन नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले भूकम्प पिडतहरूलाई राहत उपलब्ध गराउने उदेश्यले विद्यालय कर्मचारी राहत सङ्कलन कार्यक्रम सञ्चालन गरेको हो ।


कर्मचारीहरूबाट सङ्कलन भएको रकम भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । परिषद्ले सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई सहयोग गर्न अपिल समेत गरेको छ । साथै भूकम्पबाट विद्यालय कर्मचारीका करिब ६० घरमा क्षति भएको जनाएको छ ।