काठमाडौं /१३ कार्तिक – विश्वविद्यालय अनुदान आयोग उच्चशिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ । उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रमहरुका लागि प्रस्ताव आह्वान गरेको हो ।
आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रमहरूद्वारा उच्चशिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले निम्नानुसारका कार्यक्रमहरू आ. व. २०८०/०८१ मा सञ्चालन गर्ने भएको हो ।
कार्यक्रमका लागि आयोगको कार्यक्रम कार्यविधि, २०८० मा तोके बमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव उल्लिखित समयसीमाभित्र पेश गर्न सूचित गरेको छ । विस्तृत जानकारीका लागि कार्यक्रम कार्यविधि, २०८० आयोगको वेवसाइट www.ugcnepal.edu.np मा राखिएको छ ।
साथै झुटो विवरण पेश गरेमा आवेदन रद्द गरी भविष्यमा आयोगबाट प्रदान गरिने अनुदानबाट वञ्चित गरिने जनाएको छ ।



